बोर्नमाउथद्वारा क्रिस्टल पराजित


ओकेजनता डेस्क
३१ भाद्र २०७७, बुधबार

काठमाडौं । लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बोर्नमाउथले टाइब्रेकरमा क्रिष्टल प्यालेसमाथि ११–१० को जित दर्ता गरेको छ ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

बोर्नमाउथले अब तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्