पत्रकारमाथि खनिए डोनाल्ड ट्रम्प


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द एट्लान्टिक म्यागजिनका पत्रकारमाथि खनिएका छन् ।

FILE – In this Jan. 16, 2015 file photo, Donald Trump, host of the television series “The Celebrity Apprentice,” mugs for photographers at the NBC 2015 Winter TCA Press Tour in Pasadena, Calif. NBC on Monday, June 29, 2015 said that it i ending its business relationship with Trump, now a Republican presidential candidate, because of comments he made about immigrants during the announcement of his campaign. (Photo by Chris Pizzello/Invision/AP, File)

राष्ट्रपति डोनाल्ड ट्रम्प द एट्लान्टिकका पत्रकारलाई ‘निच व्यक्ति’ का रुपमा चित्रित गरेका हुन् । द एटलान्टिकका जेफरी गोल्डबर्गले गरेको रिपोर्टिङ्गका कारण ट्रम्प अहिले समस्यामा छन् । युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका सम्बन्धमा गरेको ‘असभ्य’ टिप्पणीबारे गोल्डबर्गले लेखेका समाचारका कारण राष्ट्रपति ट्रम्प आलोचीत बनेका छन् ।

ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई लुजर्स र सकर्स भनेको खबर द एट्लान्टिकका गोल्डबर्गले सबैभन्दा पहिले लेखेका हुन् । द एट्लान्टिकका अनुसार ट्रम्पले सन् २०१८ मा फ्रान्सको भ्रमणमा रहेका बेला पेरिसको बाहिरी क्षेत्रमा रहेको अमेरिकी सेमेट्री (चिहान) को यात्रा रद्द गरेका थिए, उनले सेमेट्री हरुवाहरुले भरिएको भन्दै यात्रा रद्द गरेका थिए । ट्रम्पले भने ‘फेक न्यूज’ भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।

उनले पत्रकारलाई निच भनेर आफूलाई बचाउने प्रयास गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्