डा. संग्रौलाले भने– ‘संसद विघटन सदर नहोस्, गलत नजीर बस्नेछ’


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । यतिबेला सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका दर्जन रिटमाथि बहस भइरहेको छ ।

बुधबार पनि प्रतिनिधि सभा विघटनको मुद्दामाथि सर्वोच्च अदालतमा बहस भयो । आजको बहसमा वरिष्ठ वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले संसद विघटन सदर भएमा प्रतिनिधि सभाको कार्यकाल २ वर्षमा सीमित हुने बताए ।

डा. संग्रौलाका अनुसार अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको कदमले आगामी सरकारका प्रतिनिधिलाई समेत मलजल थप्नेछ ।

संविधानमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने नजीर बस्ने बताएका हुन् ।

‘संसद पुनःस्थापना भएन भने प्रतिनिधिसभाको कार्यकाल लेख्न ५ वर्ष लेखे पनि २ वर्षको हुन्छ’ संग्रौलाले भने । संसद विघटनलाई अदालतले सदर गरेमा यसपछिका प्रधनमन्त्रीहरुले पनि २ वर्षपछि संसद विघटन गर्ने उनको भनाइ थियो ।

‘हामीले आवधिक निर्वाचनलाई मानेका छौं, मध्यावधि निर्वाचनलाई मानेका छैनौं, आवधिक निर्वाचन ५–५ वर्षमा हुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्