वस्त्र बाहिरबाट महिलाको संवेदनशील अंग छोए यौनहिंसा नमानिने


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । पछिल्लो समय महिला हिंसा र यौनजन्य हिंसा बढ्दै गइरहेका छन् । बढ्दो आधुनिकतासँगै विभिन्न खाले हिंसा हुने गरेका छन् । विशेष गरी यौन हिंसामा महिला मात्रै होइन कतिपय घटनामा पुरुष पनि पीडित हुने गरेका छन् ।

विश्वका अधिकांश देशले पुरुष भन्दा महिलाको कानूनलाई कडा बनाएको पाइन्छ । महिलामाथि दुव्र्यवहार गर्ने पुरुष छिट्टै कानूनको फन्दामा आउँछन् ।

यस्तै घटना भारतमा पनि घट्यो । भारतमा एक पुरुषले कपडा बाहिरबाटै एक बालिकालाई यौनसिहंसा गरे । भारतको बम्बई उच्च अदालतले कपडा बाहिरबाट संवेदनशील अंगलाई छोए यौनहिंसा नमानिने निर्णय गर्यो ।

कपडा बाहिरबाट गरिएको एक यौनहिंसाको फैसला गर्दै यसलाई हिंसा नमान्ने अदालतले निर्णय गरेको थियो ।

सन् २०१६ को डिसेम्बरमा एक ३९ वर्षका पुरुषले एक १२ वर्षीया बालिकालाई कपडा नखोलि यौन हिंसा गरेका थिए । बालिकाका परिवारले ती पुरुषविरुद्ध उजुरी दिए । यस मुद्दामा अदालतका न्यायाधीश पुष्पा गनेदिवालाले कपडा नखोलिएकाले यस घटनालाई यौनहिंसा नमानिने फैसला गरेकी हुन् ।

उनलाई यौन दुर्व्यवहारको आरोपमा मुम्बईको तल्लो अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो । तर, उनले उच्च अदालतमा यस मुद्दामा आफू दोषी भएको विषय उठान गरेका थिए ।

गत जनवरी १९ मा न्यायाधीश गनेदिवालाले उक्त कार्य यौन हिंसामा नपर्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्