मनै नमिल्ने भएपछि ओलीको राणनीतिक योजना यस्तो बन्यो


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा अहिले विभाजनको ग्राफलाई बढाइरहेको छ । एकले अर्कोलाई आरोपप्रत्यारोप गर्ने, अर्कोले त्यसैमाथि टेकेर फर्काउने गर्दै अझै नयाँ–नयाँ वाणीहरु फुरिरहेका छन् ।

मिल्ने संकेत हुँदो हो त केही संयमता र मथ्थरता देखिन्थ्यो त्यो हराएको छ ।

निर्वाचन आयोगको निर्णयसँगै ओली पक्ष अब विभाजनका लागि ४० प्रतिशतको समर्थन जुटाउने कसरतमा लागेको नेकपा स्रोत बताउँछ । अबको ओलीको मिसन जसरी पनि ४० प्रतिशत पु¥याउने र आफू अनुकुल वातावरण भएपछि निर्वाचनमा जाने रहनेछ ।

ती नेताले भने, ‘सेटिङमा सबै हुँदो रहेछ, मुलुकको व्यवस्था परिवर्तनमा लडेका शासक अहिले त्यो दुःख बिर्सेर अनाहकको विरासतमा रमाएका छन् । त्यो क्षणिक हुनसक्छ, तर यसले मुलुकलाई पुनः भड्कालोमा पार्ने देखिन्छ ।

अब, निर्वाचन आउन करिब ९० दिन बाँकी रहँदा नेकपाभित्रको विवाद सुल्झिने छाँट देखिएको छैन । आधिकारिक नेकपा को भन्नेपनि सुल्झिएको छैन । यसरी हेर्दा एक पक्ष टुक्रिएर नगएसम्म निर्वाचन पनि नहुने तर्क पूर्व प्रमुख निर्वाचन आयुक्तको छ ।

प्रतिक्रिया दिनुहोस्