आजको मौसम : कतै हुस्सु, कतै हिमपात


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भुभागको मौसम सामान्य रहनेछ ।

महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाले आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

यसैगरी, राति प्रदेश नम्बर १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्