भारतमा किसानको हिंस्रक प्रदर्शन, ८३ प्रहरी घाइते


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । भारतमा किसानले प्रदर्शन गरेका छन् । किसानको हिंस्रक प्रदर्शनबाट ८३ प्रहरी घाइते भएका छन् ।

किसानको ट्रयाक्टर परेडको क्रममा हिंसा भएपछि माहोल भयवित भएको थियो ।

प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको प्रहरीले दाबी गरेको छ ।

समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो ।’

एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ ।

दिल्ली प्रहरीका जोइन्ट कमिश्नर आलोक कुमारले प्रहरीमाथि हमला गर्नेमाथि कारवाही हुने जानकारी दिएका छन् ।

उता संयुक्त किसान मोर्चले केही असामाजिक तत्वले उनीहरुको आन्दोलनमा घुसपैठ गरेका दाबी गरे ।

किसान मोर्चाले बेलुकाको परेड तत्काल समाप्त गर्ने घोषणा गरिदिए तर उनीहरुको आन्दोलन जारी रहने जानकारी दिए ।

यस्तै, परेड समाप्त भइसकेपछि पनि केही किसान ट्रयाक्टरमा सवार भएर दिल्लीको लाल किलातर्फ जाँदै गरेको देखिएको बीबीसी हिन्दीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्