नारायणकाजी श्रेष्ठ पुनः आक्रोशित


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ पुनः आक्रोशित भएका छन् ।

निश्चित स्वार्थको भुमरिमा परेर मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्दै उनी आक्रोशित भएका हुन् । संविधानको नांगो रुपमा उलंघन भएको भन्दै श्रेष्ठले त्यसको रक्षार्थ कर्मचारीतन्त्र नउभिएको संकेत गरे ।

कानूनको शासन र शान्तिपूर्ण परिवर्तन प्रतिको नेपाली जनताको अगाध विश्वासमा चुनौति खडा गर्ने गम्भीर अपराध भइरहेको श्रेष्ठको तर्क छ ।

स्ट्याटससहित


संविधान र कानून यो देशमा लागु हुँदैन भन्ने सन्देश दिन किन खोजिदैछ ? नाङ्गोरुपमा संविधान र कानून उलङ्घन गर्न सरकार र राज्यको निकायहरु किन दुःसाहास गरिरहेका छन् ? दुई दिनको सत्ताको रापताप र लोभञ्भय ले किन लज्जास्पद ढंगले विवेकहीन काम एक पछि अर्को गरिदैछन? कानूनको शाशन र शान्तिपुर्ण परिवर्तन प्रतिको नेपाली जनताको अगाध बिश्वासमा चुनौति खडा गर्ने गंभीर अपराध किन गरिदैछ ? असह्य हुँदैछ । यसको परिणाम भयानक हुन सक्छ ।जनताले क्षमा दिन सक्ने ठांउ पनि नरहला जस्तो देखिदैछ।ख्याल होस् ।

प्रतिक्रिया दिनुहोस्