भाइरल अर्जुन बिक युवती बलात्कारको आरोपमा पक्राउ, को हुन् युवती ?


ओकेजनता डेस्क
१३ माघ २०७७, मंगलवार

काठमाडौं । पिठ्यूमा बालक र ठेलामा सामान ओसारिरहेको तस्बिर सार्वजनिक भएपछि भाइरल बनेका कैलालीका अर्जून बिक पक्राउ परेका छन् । उनी एक युवती बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

पछिल्लो समय काठमाडौंमा गीतसंगीत र मोडलिङ पेशामा आवद्ध बिकलाई ०७३ साल जेठ ३० गतेदेखि ०७७ साउन १५ गतेसम्म कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ कि एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीका बिकले ती युवतीलाई ४ वर्षसम्म बन्धक बनाएको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार बिकले युवतीलाई काठमाडौंमा बन्धक बनाएर जबरजस्ती करणी गरेका थिए ।

साउन १५ गते युवतीलाई कोठामै राखेर बिक फरार भएको जाहेरी दरखास्त परेपछि पक्राउ गरिएको विष्टले बताए ।

उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्