नेकपाले माघ १७ गते धनगढीमा लाखौं जनता उतार्दै


ओकेजनता डेस्क
१३ माघ २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १७ गते विशाल जनप्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगामी कदमविरुद्ध भन्दै विशाल प्रदर्शनको आयोजना गरिएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध माघ १७ गते धनगढीको खुल्ला मञ्चमा ५० हजार बढी नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति गराइने छ ।

प्रर्दशनमा पार्टीका केन्द्रीय अध्यक्षद्वय पुष्पकमल दाहल ‘प्रचण्ड’, माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य डा. भीम रावललगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

विशाल जनसभामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेता कार्यकता तथा सर्वसाधारणहरु सहभागी हुने आयोजकले जनाएको छ । र्याली धनगढी चौराहा र क्याम्पस रोडबाट निकालिने छ । ¥याली दिउँसो १ बजे खुल्ला मञ्चमा सभामा परिणत हुनेछ ।

प्रर्दशनको तयारीका लागि प्रदेश इञ्चार्ज समेत रहेका नेता डा. रावल, सह इञ्चार्ज खगराज भट्ट, भानुभक्त जोशी लगायतका नेताहरु धनगढी केन्द्रीत भएका छन् । पार्टीका विभिन्न जनवर्गीय संगठनहरु परिचालन गरिएका छन् ।

प्रदर्शन भव्यरुपमा सफल पार्न प्रचारप्रसार, स्वयम्सेवक, मञ्च व्यवस्थापन, जनपरिचालन लगायतका थुप्रै उपसमितिहरु गठन भएको नेकपाका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्