को हुन् प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्धा दायर गर्ने ?


ओकेजनता डेस्क
१३ माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
आज सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की बैंङ्केटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ ।

त्यो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन् भन्ने टिप्पणी गर्नु भएको थियो ।

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्