का बाट थप्नु, पाँच जना इनफ हो : जबरा


ओकेजनता डेस्क
१३ माघ २०७७, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध दर्जन रिट परेका छन् । सोही विषयमा संवैधानिक इजलासमा बहस भइरहेको छ । बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरालगायत ४ जना न्यायाधीश छन् ।

हरेक दिन बहसमा वादप्रतिवाद पनि हुने गरेको छ । आजपनि संवैधानिक इजलासमा बहस भयो । आज बहसकै क्रममा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुश आफूहरुलाई पनि भएको प्रधानन्यायाधीश जबराले बताए ।

मंगलबार बहसका क्रमा वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने भनेर भएको बहस स्मरण गर्दै आफू पाँच जनाको इजलासप्रति आफू विश्वस्त रहेको बताएका थिए । ‘यत्तिको विवादमा ५ जना न्यायाधीश इनफ हो’ उनले भने, ‘यो भन्दा पनि ठूलो विवाद भएमा संख्या थप्नुपर्ने हुनसक्छ, लयरहरुले पनि संख्या थप्न सकिने सुझाव दिनुभएको छ ।’

लगत्तै प्रधानन्यायाधीश जबराले न्यायाधीशको संख्या थप्नुपर्ने महसुश आफूहरुलाई पनि भएको बताए । तर भौतिक पूर्वाधार नभएको भन्दै उनले भने, ‘हामीलाई पनि महसुश भएको हो, तर पूर्वाधार नभएकाले ५ जना बसिराखेको ठाउँमा ९÷११ जना कहाँबाट राख्नू ?’

१३ रिट निवेकहरुले यो मुद्दा बृहत पूर्ण इजलासमा पठाउन माग गरेपछि लामो बहस नै भएको थियो । तर, संवैधानिक इजलासले २ माघमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकाले बृहत पूर्ण इजलासमा लैजानु नपर्ने आदेश दिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया दिनुहोस्