६ रेक्टर भूकम्पले हल्लियो काठमाडौं


ओकेजनता डेस्क
३१ भाद्र २०७७, बुधबार

काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताउनुभयो ।


आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्