अमेरिकाको वित्त मन्त्रालयमा पहिलोपटक महिला मन्त्री


ओकेजनता डेस्क
१३ माघ २०७७, मंगलवार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले वित्त मन्त्रीमा ज्यानेट यलेनलार्य नियुक्त गर्ने पक्का भएको छ ।

माथिल्लो सदन सिनेटले उनको नाम अनुमोदन गरेको हो । अमेरिकाका नयाँ राष्ट्रपति बाइडेनले ज्यानेटलाई वित्त मन्त्रालयको जिम्मेवारी सुम्पिने गरि उनको नाम मनोनित गरेका थिए ।

सुनुवाईपछि भएको मतदानमा सिनेटले ज्यानेटको नाम अनुमोदन गरेसँगै उनी वित्त मन्त्री बन्ने पहिलो महिला बनेकी छन् ।

सन् २०१४ देखि २०१८ सम्म अमेरिकी केन्द्रीय बैंकको प्रमुख रहेकी ज्यानेटलाई सिनेटको अर्थ समितिमा रहेका दुवै पार्टी (डेमोक्र्याटिक र रिपब्लिकन) का सांसदले समर्थन गरेका थिए ।

बाइडेन प्रशासनको कोरोना महामारीले सिथिल अर्थतन्त्र उकास्नका लागि अर्थ नीतिका लागि ज्यानेट जिम्मेवार हुने छिन् ।

माथिल्लो सदन सिनेटमा ज्यानेटको अनुमोदनका लागि जनवरी १९ देखि सुनुवाई सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्