पुमा कम्पनीका कमरेडहरु नेकपा र सूर्य चिन्ह बोक्छौ की ? : बास्कोटा


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । ओली पक्षका नेता गोकुल बास्कोटाले दाहाल–नेपाल पक्षलाई वार्तामा आएर समाधान खोज्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बास्कोटाले की नयाँ पार्टी खोल, की नेकपा र सूर्य चिन्ह बोक्न तयार बन भनेका छन् ।

अब मिल्नुको विकल्प नभएको भन्दै बास्कोटाले भनेका छन्, ‘ अरु त के विकल्प बाँकी रह्यो र ? पुमा कम्पनीका केही कमरेडहरुले अझै आधिकारिकता र सूर्य चिन्ह बारे किन भ्रम छरिरहेका होलान ? छटपटाहटमा रहनु भन्दा शान्तपुर्वक सत्य स्वीकार्नु वेश ।’

उनको स्ट्याटस जस्ताको तस्तै

प्रतिक्रिया दिनुहोस्