नेकपा : ओली पक्षले भन्यो- यी दुई शर्त माने एकता ‘कन्फर्म’


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले दाहाल–नेपाल पक्षले दुई शर्त माने पार्टी एकता हुने बताएका छन् ।

२३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुन सक्ने बताए ।

दाहाल–नेपाल पक्षलाई छिट्टै वार्तामा आउन र एकजुट भएर अगाडि बढ्न उनको आग्रह छ ।

पोखरेलले भने, ‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पु¥याउन खोजियो,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्