पार्टी फुटाउनेलाई कारबाही गरौँ, पुनः एकतालाई संस्थागत गरौँ : भुसाल


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा (नेपाल–दाहाल पक्ष) का नेता घनश्याम भुसालले निर्वाचन आयोगले आफू सेटिङमा नपरेको पुष्टी गर्न नसकेको बताउनुभएको छ ।

नेता भुसालले निर्वाचन आयोगले आइतबार गरेको निर्णयले आयोगको औचित्य अझै पुष्टी हुन नसकेको दाबी गर्नुभयो ।

सोमबार रुपन्देहीस्थित भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भुसालले निर्वाचन आयोगले केही पनि निर्णय नगर्ने निर्णय गरेको बताउनुभयो ।

नेता भुसालले संविधान र कानुन अनुसार सही निर्णयलाई सही ठह¥याएर आयोगले आफ्नो औचित्य पुष्टी गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले संसद विघटनको विरोध गर्ने देशद्रोही हुन् भन्नु सेटिङलाई बल पुगेको दाबी गर्नुभयो ।

नेता भुसालले आफुहरु एकताकै पक्षमा रहेको समेत दाहो¥याउनुभएको थियो ।

भुसालले पार्टीलाई यो अवस्थामा पु¥याउने सबैलाई कारबाही गरेर एकताबद्ध रुपमा अघि बढ्नुपर्ने औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्