बालुवाटार अगाडि रोचक दृष्य : ‘आउनुहोस् भ्यानमा बस्नुस्’


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रतिनिधि सभा विघटनविरुद्ध मानव अधिकारकर्मीले नाराबाजीसहित धर्ना दिए । नाराबाजीपछि प्रहरी सो स्थलमा पुग्यो ।

प्रहरीले नाराबाजी गरिरहेका सबैलाई भ्यानमा बस्न आग्रह गर्यो । प्रहरीले भन्यो, ‘आउनुहोस् तपाईंहरु सबैजना भ्यानमा बस्नुहोस्, भ्यानमा बसे लैजान्छौ नत्र छोडिदिन्छौ । सबै जना प्रदर्शनकारी भ्यानमा बसे । प्रहरीको गाडी महेन्द्र पुलिस क्लबतिर हुँइकियो ।’

प्रदर्शनको क्रममा प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित करिब २४ जनालाई पक्राउ गरेको छ ।

प्रदर्शनकोक्रममा अदालतलाई प्रभावमा पार्न खोजिएको, राज्य संयन्त्रले अधिकारको दुरुपयोग गरेको लगायतका नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्