रेडपान्डाको तस्करी


ओकेजनता डेस्क
२९ भाद्र २०७७, सोमबार

काठमाडौं । बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेनियल रेस्टुरेन्टमा मोलमोलाइ भइरहेको सूचनाका आधारमा प्रहरीले तस्करलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार छाला जाजरकोटबाट ल्याइएको हो ।

प्रहरीले छालासहित जाजरकोट कुशे गाउँपालिकाका ३२ वर्षीय कृष्ण वली, सोही ठाउँका २८ वर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत भेरीगंगाका ३० वर्षीय जयबहादुर कामी, २५ वर्षीय गणेश बि.क., ३६ वर्षीय देवबहादुर बाँठालाई पक्राउ गरेको हो ।

पक्राउ परेका तस्करलाई निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम १० लाखसम्म जरिवाना र ५ देखि १० वर्षसम्म कैद वा दुवै हुनसक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्