काठमाडौं । काठमाडौंबासीका लागि गौरवको आयोजना मेलम्चीको पानी काठमाडौं ल्याउन अन्तिम तयारी भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौंमा छिट्टै पानी ल्याइँदैछ ।
सुरुङको मर्मतको काम सकेलगत्तै फागुन पहिलो साताबाट मेलम्चीको पानी काठमाडौंमा परीक्षणका लागि पठाइने भएको छ ।
सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्ची काठमाडौं आइसकेपछि पानीको पर्याप्तता हुनेछ ।