फेरि २८ गते काठमाडौंमा दाहाल-नेपाल पक्षको बृहत प्रदर्शन


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा (दाहाल-नेपाल पक्ष)ले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने कार्यक्रम छ ।

त्यस्तै २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्