स्पेनिस ला लिगामा बार्सिलोना विजयी


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । आइतबार राति भएको स्पेनिस ला लिगा फुटबल अन्तर्गतको खेलमा बार्सिलोना विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चीलाई २–० ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फ्रेन्किइ डी जोङ्ग र रिक्की पुइगले गोल गरे । डी जोङ्गले ३९ औँ तथा पुइगले ८९ औँ मिनेटमा गोल गरे ।

जितपछि शीर्ष तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १९ खेलबाट ३७ अंक भएको छ ।

बार्सिलोना शीर्ष स्थानको एथ्लेटिको मड्रिड भन्दा १० तथा दोस्रो स्थानको रियल मड्रिड भन्दा तीन अंकले पछि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्