ओली पक्षका केन्द्रीय सदस्यले पाएनन मान्यता, नेपालले पनि


ओकेजनता डेस्क
११ माघ २०७७, आईतवार

काठमाडौं । नेकपा विभाजनको अन्तिम तयारीमा रहदा पनि निर्वाचन आयोगले दुवै पक्षले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।”

यता, दाहाल-नेपाल पक्षले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्