जब प्रधानमन्त्री ओली राईको विवाहमा प्रवेश गरे (तस्बिरमा)


ओकेजनता डेस्क
११ माघ २०७७, आईतवार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाहमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । प्रधानमन्त्री ओलीले नवदम्पत्तीलाई शुभेच्छा प्रकट गरेका छन् ।

मुख्यमन्त्री राईको वैवाहिक समारोह आज राजधानीको एक पार्टी प्यालेसमा भएको थियो ।

मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् ।

प्रधानमन्त्री ओली विवाहमा सहभागी भएको सामाजिक सञ्जाल फेसबुकमा उनका प्रेस सल्लाहकार सूर्य थापाले पोष्ट्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्