कोठा खोज्ने निहुँमा बुवाकै साथीबाट ११ वर्षीया छोरी बलात्कार


ओकेजनता डेस्क
११ माघ २०७७, आईतवार

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा वडा नम्बर १ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।

मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ ।

बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले जानकारी दिए ।

बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए ।

सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्