एफए कपमा म्यानचेस्टरको शानदार जित


ओकेजनता डेस्क
११ माघ २०७७, आईतवार

काठमाडौं । एफए कप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले चेल्टेनहाम टाउनलाई ३–१ ले पराजित गरेको हो ।

५९ औँ मिनेटमा मे को गोलबाट चेल्टेनहाम टाउनले सुरुवाति अग्रता लियो ।

पछि परेको म्यानचेस्टर सिटीले ८१ औँ मिनेटमा फिल फोडिनको गोलबाट खेलमा बराबरी गर्न सफल भयो ।

८४ औँ मिनेटमा गाब्रिएल जिसजले गोल गरेर टिमलाई अग्रता दिलाए ।

इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा टोरेसले गोल गरेपछि सिटी ३–१ ले विजयी भयो ।

खेलको अन्तिम ९ मिनेट तथा इन्जुरी समयको केही मिनेट भित्र तीन गोल गरेर सिटीले एफए कपको चौथो चरणमा जित दर्ता गरेको हो ।

शनिबार राति नै भएको खेलमा आर्सनल भने पराजित भएको छ । आर्सनललाई साउथह्याम्पटनले १–० ले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्