त्रिभुवन विमानस्थलमा सान्नाटा, रुवाबासी चल्यो (१० तस्बिरमा हेर्नुहोस्)


ओकेजनता डेस्क
११ माघ २०७७, आईतवार

काठमाडौं । यतिबेला मुलुकको राजनीति संकटमा छ । प्रायः अस्थीर राजनीतिक संस्कार बोकेको नेपालमा युवा शक्ति धेरै मात्रामा बेरोजगार छन् ।

घरपरिवार पाल्न भनेर साहू महार्जनबाट ऋण काढेर विदेशिन्छन् युवाहरु ।

धेरै पैसा कमाएर घरपरिवारलाई खुसी पार्ने आशा मनमा बोकेका युवाहरु आकाशमा उडेर जान्छन् तर, बिडम्बना फर्किँदा बाकस हुन्छ ।

हिजो मात्रै वैदेशिक रोजगारीका क्रममा मलेसिया गई उतै निधन भएका १७ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ ।

शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव ल्याइएको हो ।

शव लिन शुक्रबार उक्त विमान मलेसिया गएको थियो ।

नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको जनाएको छ ।

शव नेपाल भित्रिँदै गर्दा विमानस्थलमा सान्नाटा छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्