आज बस्ने नेकपा स्थायी समिति बैठकले के निर्णय गर्छ ?


ओकेजनता डेस्क
११ माघ २०७७, आईतवार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष) को स्थायी समिति बैठक आइतबार (आज) बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आइतबार दिउँसो १२ः३० बजे स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने बताए ।

शुक्रबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्