नारायणकाजीले रिसाउनुको रहस्य खोले (भनाइसहित)


ओकेजनता डेस्क
११ माघ २०७७, आईतवार

काठमाडौं । शुक्रबार राजधानीमा गरेको नेकपा (दाहाल–नेपाल पक्ष)को भेलामा आफू रिसाउनुको कारण नेकपा प्रवक्त नारायणकाजी श्रेष्ठले खोलेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले विधि र पद्धतीकै विषयको आक्रोेश रहेको बताए ।

आफूल्े पार्टीभित्र शुरुमै सही पद्धतीको विकास गर्न खोजेको उनको तर्क छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको संघर्ष थप मजबुद बनाउँदै लैजानुपर्ने श्रेष्ठको भनाइ छ ।

उनले भनेका छन्, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध हाम्रो पार्टीद्वारा हिजो राजधानीमा आयोजित बिरोध प्रदर्शन तथा सभा बिशाल जनसहभागिता सहित भव्यरुपमा सफल भयो । छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ ।


के पी ओलीजी सँगको शुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पध्दतिको पालनामा हो।अव हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पध्दतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनु पर्दछ।त्यसको निम्ति संघर्ष गर्नु पर्दछ । तव मात्र हामी आफ्नो प्रतिबध्दताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं ।हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो ।


जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पुर्व निर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैनथियो । संस्थागत कार्य प्रणालीको वारेमा सबै नेतृत्वदायी कमरेडहरुको गंभीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।विधि पध्दति को उपेक्षा र अवज्ञा हुन नपाओस भन्नेमा हामीले शुरुदेखि सशक्त संघर्ष गर्नु पर्दछ ।ख्याल गरौं ,हाम्रो अवको एउटा मुख्य चुनौति हिजो हामीले कुरा उठाए अनुसार बिधि पध्दति अनुसार पार्टी सञ्चालन गर्नु हो ।’

प्रधानमन्त्री ओलीसँगको मतभेद नै विधि र पद्धतिको भएकाले अब पार्टीमा त्यस्तोस्थिति आउन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्