म भेडै हुँ, भेडो भन्दा खुसी लाग्यो : प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नेकपा (दाहाल–नेपाल पक्ष)का नेताले भेडो भन्दा आनन्द लागेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भेडो शाकाहारी र इमान्दार हुने भएकाले आफूलाई त्यो सँग तुलना गर्नु कुनै नयाँ विषय नभएको औल्याए ।

प्रधानमन्त्री ओलीले भने, ‘काठमाडौंमा ७/८ हजारको जनमास जम्मा पारेर बुरुक्क उफ्रेको देखियो, त्यहाँ मलाई केही साथीले केपी ओली भेडो हो भनेछन्, त्यसमा मलाई मजा नै लागेको छ । न भेडाको नङ्ग्रा हुन्छ, शाकाहारी पनि हो तर भेडाको संगत लागेकाहरु कसरी मांशाहारी बने अचम्मित छुँ ।’

ओलीले आफूले नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु भनेको विषय अहिले उहाँहरुले भनेजस्तो अतिरञ्जना होइन, समय अनुसार मिलाएर बोलेको बताए ।

प्रतिक्रिया दिनुहोस्