साइबर स्यालका नेता ओली, स्यालले दन्तकथामा मात्रै काम गर्छ : भुसाल


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का नेता धनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली साइबर स्यालको नेता भएको बताएका छन् । काठमाडौंमा आयोजित शक्ति प्रदर्शन र्यालीको सम्बोधन गर्दै भुसालले स्यालले दन्त कथामा मात्रै काम गर्ने बताए ।

दुनियाँ एकातिर भएका बेला निश्चित झुण्ड बोकेर तानाशाही नहुन ओलीलाई भुसालको आग्रह छ । भुसालले भने, ‘ओलीसँग अब सेटिङवाला मामिला मात्रै बाँकी छ, सेटिङ कहिलेसम्म हुन्छ त्यहीँ कुरेका छन् । तर, ७० वर्ष पछाडि लोकतन्त्रले बनाएको अदालतले गलत कुरालाई प्रसय दिन्छ नसम्झिनुस् ।’ ‘तपाईं बिसर्नुभयो होला ओली कमरेड, अहिले अदालत निष्पक्ष र निष्कपट छ ।’

भएको छोरो मारेर पूर्णिमाको ब्रत नबस्न ओलीलाई भुसालको आग्रह छ । भुसालले भनेका छन्, ‘कमरेड तपाईं गलत हुनुहुन्छ, गलत हुनुहुन्थ्यो, अझै समय छ समय बाँकी छँदै फर्किनुहोस् कमरेड नत्र तपाईंलाई इतिहासले कठ्घरामा उभ्याउने छ ।’

‘प्रधानमन्त्री ओली नयाँ पार्टी बनाउने, नयाँ जोस ल्याउने विषयको विपरित हुनुहुन्थ्यो, जहिले पनि पार्टीको हीतका पक्षका विषयमा गलत देख्ने ओलीको बानी थियो, भुसालले भने ।’ आफै समानमा व्यक्तिमाथि हुर्मत थालेका ओलीले कहिल्यै सुख नपाउने भुसालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्