काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने सीधा कुरा जनतासँग कार्यक्रममा फेरि देखिने भएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘अब कार्यक्रमको तयारीमा जुट्यौ । टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ । यस बीचमा हामीलाई ९८५१३२२१११ र ९८०१०३८१८१ मा सम्पर्क गरि आफ्नो गुनासो टिपाउनु होला । हाम्रो नयाँ सम्पर्क नम्बरहरु अत्यधिक शेयर गरि अप्ठ्यारोमा पर्नु भएका सर्वसाधारण सम्म पुर्याउन मद्दत गरिदिनु होला ।’
उनले कुन टिभीबाट कार्यक्रम प्रसारण हुने भन्नेबारे खुलाएका छैनन् ।
लामिछानेले आफ्नो कार्यक्रम मार्फत् दुःखमा परेकाहरुलाई सहयोग गर्दै आउनुभएको छ । विदेश स्वदेशमा बस्ने सबै नेपालीले उनको कार्यक्रमलाई रुचाएका छन् ।
उनी आगामी दिनमा ग्यालेक्सी टिभीबाट आफ्नो यात्रा अगाडि बढाउने बुझिएको छ ।