निर्वाचन हुँदैन, सत्ता लम्ब्याउने खेल मात्रै हो : शशांक कोइराला


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले तोकिएको समयमा निर्वाचन नहुने कताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लम्ब्याउनका निम्ति गरेको रणनीति मध्यावधि निर्वाचान रहेकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको कोइरालाको भनाइ छ ।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताए ।

कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली संकलन गर्न नसक्नु अहिलेको राजनीतिक परिस्थितीले गर्दा भएको उनले बताए ।

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।’

मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्