मोटरसाइकल दुर्घटनामा हेमराज थापा र सुनीलको मृत्यु


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

फाइल तस्बिर

काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बर्दघाट–सुस्तापूर्व नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती नगरपालिका वडा नम्बर ८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले जनाएको छ।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्