जानीराखौँ, पुरुषलाई फिटनेस राख्ने ७ खाना


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

काठमाडौं । हरेक मानिसलाई स्वस्थकर खानेकुराको आवश्यक पर्दछ । महिला होस् वा पुरुष स्वस्थ खानेकुराले शरिरलाई तन्दुरुस्त राख्न मदत गर्दछ । हामीले यहाँ स्वास्थ्यलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौ ।

माछा


मोटो माछामा पाइने ओमेगा ३ तत्वले छातीको रोग हुनबाट बचाउँछ । महिलाको तुलनामा पुरुषमा मुटुको बिरामी हुने सम्भावना रहन्छ । त्यसैले यो माछाको सेवनले शरिरलाई स्वस्थ राख्न मदत पुग्दछ ।

चकलेट


सन्तुलित रुपमा चकलेटको सेवनले पनि रगत सञ्चालनमा सहयोग पुगेको हुन्छ । कालो चकलेटमा फ्लेवनल बढी मात्रामा पाइने गर्दछ । जसले शरिरको कोलेस्ट्रोलको मात्रा क मगर्दछ ।

अदुुवा


अदुवामा एन्टी इंफ्लेमेटरी गुण हुन्छ । कसरतको बेला पुरुषको मांशपेसी तन्किने, खुम्चिने गर्दछन् । जसले शरिरलाई दुखाउँछ । अदुवाले मांशपेसीको दुखाइलाई क मगर्दछ ।

दुध दही


दुध दही ल्यूटिनको राम्रो स्रोत हो । दुध दहीको सेवनले मासुलाई कसेर राखेको हुन्छ । दुधदहीले शरिरमा चिल्लो र चिसोपनको मात्रालाई कायम राखेको हुन्छ ।

गाँजर


गाँजरको सेवनले मानिसको शरिरमा भिटामिन सी को मात्रालाई भरपूर सन्तुलित राखेको हुन्छ । शरिरको माटोपन घटाउनका निम्ति पनि गाँजरको महत्व छ ।

हरियो साग


हरियो साग सब्जी मानिसको आँखाको ज्योति बढाउनका निम्ति सेवन गर्नु राम्रो मानिन्छ । हरियो सागको सेवनले मोतियाबिन्दु नहुने र बुढेसकालमा हुने बिरामीलाई रोक्ने गर्दछ ।

अण्डा


अण्डाको सेवनले मानिसको शरिरमा आइरन र प्रोटिनको मात्रालाई बढाउँछ । दैनिक १ अण्डाको सेवनले स्वास्थ्यमा लाभ पुग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्