प्रचण्ड–बाबुरामको गोप्य भेट, एकताको तयारी !


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले टुक्रिएर रहेका स–साना पार्टीसँग कार्यगत एकताको विषयमा छलफल गरिरहेका छन् ।

सोही सन्दर्भमा प्रचण्डले जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसँग गोप्य छलफल गरेका छन् ।

लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा भएको छलफलमा अहिलेको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

अहिले जसपा नेपाल र नेकपा दाहाल–नेपाल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलन गरिरहेको छ ।

सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार छलफल सकारात्मक भएको छ ।

त्यहाँ भएको कुराकानीलाई आआफ्नो पार्टीमा पनि छलफल गरिने त्यसपछि पुनः वार्तालाई अगाडि बढाउने बताइएको छ ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि नेकपा गठन भएका बेला पनि अध्यक्ष प्रचण्डले डा.भट्टराईलाई पार्टीमा आउन आग्रह गरेपछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिकृया दिएका थिए ।

अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्