यी १९ वर्षीया सुन्दरीको ३६ वर्षे अर्बपतिसँग डेटिङ


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । कुनैबेला १९ वर्षीया येल सिल्बीयाले आकर्षण अनुहारमा एक सय प्रतिद्वन्द्वीलाई उछिनेर पहिलो स्थान हासिल गरेकी छन् ।

इंस्टाग्राममा एक मिलियन बढी फ्लोअर्स कमाएकी येल बेला बखत चर्चामा आउने गर्छिन् । उनको सानदार जीवनलाई कहिलेकाही अनलाइनहरुले बढाएर पनि लेख्ने गरेका छन् ।

येलको जन्म इजरायलको सानो शहरमा भएको हो । उनको परिवार यहुदी हो । उनले १६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी हुन् । एक स्थानीय पत्रकारले पहिला उनको फोटो सुट गरेका थिए, त्यसपछि उनलाई मोडलिङका लागि अफर आएको थियो ।

येल अहिले ३६ वर्षका अर्बपति ब्रैंडन कोर्फसँग डेटिङ गरिरहेकी छन् । अहिले उनको प्रेमको निकै चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्