मोटरसाइकल दुर्घटनामा सञ्जितको मृत्यु


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय सञ्जित महर्जनको मृत्यु भएको छ ।

टोखा नगरपालिका वडा नम्बर ३ टोखागेट नजिक सडकमा बागमती प्रदेशको ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा–९ गोँगबुका महर्जनको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्