जनप्रदर्शन कस्तो हुन्छ २३ गते देखाउँछौ : ओली


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा नेपाल–दाहाल पक्षले गरेको प्रदर्शनप्रति टिप्पणी गरेका छन् ।

शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’

दाहाल–नेपाल पक्षले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’

कार्की ब्यांकेटमा जम्मा भएका कार्यकर्तालाई सम्बोधन गर्दै ओली पक्षको अध्यक्ष समेत रहेका उनले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’

संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्