ओलीको बाङ्गो पुच्छरमा तेल लाउँदा पनि सोझिएन : प्रचण्ड


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीलाई बारम्बार सम्झाउँदा पनि नमानेपछि अलग्गिनु परेको भन्दै दुःख व्यक्त गरेका छन् । काठमाडौं को भृकुटीमण्डपमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको बाङ्गो पुच्छरमा जति तेल लाएपनि सीधा बनाउन नसकेको बताए ।

ओलीले पार्टीको विधि, सिद्धान्त र पद्धती विपरित बाटो समातेपछि राष्ट्रले अकल्पनीय घटना व्यहोर्नुपरेको प्रचण्डको भनाइ छ । प्रचण्डले ओलीले शहिदको समेत सम्मान गर्न नसकेको बताए । उनले भने, ‘ओलीमा अहमता बढ्दै गयो, शहिदहरुलाई बिर्सनुभभयो माधवजी, झलनाथजी जसरी कम्युनिष्टको विधि, सिद्धान्तमा हुनुहुन्छ त्यो ओलीमा हरायो ।’

प्रचण्डले जनतालाई साक्षी राख्दै भने, ‘केपी प्रवृत्तिको विरुद्ध अब एक पटक आन्दोलन गरौँ, हामी त्यस्ता मानिसको मुटु शुरुमै छानेर यस्तो मूर्ख कदमबाट रोक्छौँ । केपीले हाम्रो उदारतालाई स्वार्थमा परिणत गरेर मूर्खता गरे । हामीले गलत सम्झौता गर्नुभन्दा जनताको पक्षमा जानुपर्छ ठान्यौ यहाँ आयौँ ।’

अहिले प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जन रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस भइरहेको बताउँदै प्रचण्डले न्यायालय पनि मुलुक द्वन्द्वमा नफसोस् भन्ने तर्फ रहेको औल्याए । प्रचण्डले भने, ‘ओलीको प्रतिगमनविरुद्ध लाखौँ जनता सडकमा उत्रिएका छन्, आजको शक्तिले पनि सबै क्षेत्र सचेत हुन जरुरी छ । मुलुकमा कुनैपनि हालतमा अप्रिय घटना हुनु हुँदैन ।’

प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न पनि नसकेको स्वीकार गरे । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे । प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दे उनले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’

उनले अघि भने, केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं ।

त्यसो गरेर फाइदा हुने रहेछ ।’ उनले आफूहरु राष्ट्रप्रति इमान्दार रहेको र अब पनि रहने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्