काठमाडौं प्रदर्शन : प्रहरीलाई भिड नियन्त्रण गर्न सकस


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)ले काठमाडौंमा निकालेको शक्ति प्रदर्शनले उपत्यकाको यातायात व्यवस्था अवरुद्ध भएको छ । बिहानै देखि भित्री सडकहरुमा यातायात जान निषेध गरिएपछि मुख्य सडकहरु जाम भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध भन्दै दाहाल–नेपाल पक्षले शक्ति प्रदर्शन गरेको हो । शक्ति प्रदर्शनमा लाखौँको जनसहभागिता रहेको छ । काठमाडौं लगायत देशका विभिन्न स्थानबाट नेता कार्यकर्ता शक्ति प्रदर्शनमा समाहित भएका छन् ।

प्रदर्शनमा धेरै ठूलो सहभागिता भएकाले स्वयमसेवक र प्रहरीलाई भिड नियन्त्रण सकस भएको छ । भिडले प्रहरीलाई छिचोलेर अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्