काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का नेता भीम रावलले चोरको हातमा साँचो रहेकोले शुक्लाफाँटादेखि लालझाडीका रुख त्रसित भएको बताउनुभएको छ ।
वनमन्त्री प्रेम आलेमरलाई लक्षित गर्दै रावलले हालका वनमन्त्रीदेखि रुख, बिरुवा मात्र नभइ जनावर समेत त्रसित भएको बताउनुभयो ।
कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै रावलले वन तस्करी र भ्रष्टाचार नगर्न मन्त्री आलेलाई सुझाव दिएकै कारण आफ्नोविरुद्ध लागेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री आलेले आफूलाई जातीय रुपमा व्याख्या गरेको भन्दै रावलले जात, धर्म भन्दा पनि आफू कर्मले माथि उठेको बताउनुभयो ।
वन तस्कर, भ्रष्टाचारी, सरकारी जमिन हडप्ने मन्त्री भएकै कारण वर्तमान सरकार बदनामको घर भएको रावलको टिप्पणी छ ।
सूर्य चिन्ह नेकपाको संस्थापन पक्ष (दाहाल–नेपाल) कै हुने दाबी गर्दै रावलले ओलीको असंवैधानिक कदमविरुद्धमा सशक्त भएर आन्दोलन गर्नुको विकल्प नभएको बताउनुभयो ।