चन्द्रागिरीको आइपिओ आज बाँडफाँड, कतिले पाउँदैछन् ?


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । शुक्रबार (आज) चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँड हुँदै छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकाकै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुनेछ ।

कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ । चन्द्रागिरीमा माग भन्दा अत्यधिक आवेदन परेकोले शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ ।

कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १ सय १५ वटा मात्रै योग्य भएका छन् ।

यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६ सय २ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।

१० लाख ७१ हजार ५ सय १३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन । चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्