इंग्लिस प्रिमियर लिगमा लिभरपुलको हार


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।

साविक विजेता समेत रहेको लिभरपुल बिहीबार राति बर्नलीसँग १(० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो । बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे ।

उनले खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ ।

लिभरपुल ६८ औं खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो । लिभरपुलको यो सिजनको तेस्रो हार हो ।

यस हारसंगै लिभरपुलले शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ ।

लिभरपुल ३४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । बर्नली १९ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्