मंगल थापा भन्छन्– ‘हो, म यसकारण झोले भएँ’


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

रुपा थापा


काठमाडौं ।
ओकेजनता डट.कमले मंगल थापाको विषयमा यसअघि दुई वटा सामाग्री प्रकाशित गरिसकेकोे छ । सामान्य फोन सम्पर्कमा आएको अपडेटले थापाको संघर्षबारे केही विषय छुट्न गए, सोही कुरालाई मध्येनजर गर्दै एक संघर्षशील युवाका बारे एकै प्रकारको थप सामाग्री प्रकाशन गरेका छौँ ।

यस्तो छ मंगलको यथार्थ


मंगल थपा तपाई हामीले चिने जानेकै एक चर्चित अनुहार हो । एक जुझारु युवाको नाम हो । विभिन्न राजनीतिक टिका टिप्पणी गरेर चर्चामा आएका थापालाई सामाजिक सञ्जालहरुमा पछ्याउनेहरु धेरै छन् । यति मात्र हैन उनका विचारहरु विभिन्न मिडियामा निकै चर्चाको बिषय बन्ने गरेका छन् । राजनीतिमा युवाको सधैँ खोजी हुने गर्दछ । त्यहीँ खोजीका पात्र बनेका छन् मंगल थापा ।

बझाङमा जन्मिएका मंगल थापाको बाल्यकाल त्यति सहज थिएन । उनी गरिब परिवारमा हुर्किएका हुन् । उनले धेरै दुःख, कष्ट सहेर पनि आफ्नो औपचारिक शिक्षा पुरा गर्न निरन्तर लागिरहे । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । उनका दाई तत्कालीन माओवादीको जनमुक्ती सेना थिए । उनी युद्धमा मारिए । यसकारण उनको परिवार कम्यूनिस्ट राजनीतिक परिवार हो । उनमा सानैदेखि राजनीतिक छाप परिरहेको छ ।

वाल्यकालमा चाउचाउको झोल खाएर अध्ययन गरेका मंगल थापाको परिवार गरिब परिवार हो । यो लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान निर्माणका लागि उनको परिवारबाट बलिदानी भएको छ । यसकारण उनी शहिद परिवारका एक सदस्य हुन् । अब उनी आफ्नो दाईको सपना पुरा गर्न राजनीतिमा निकै कडा ढंगले प्रस्तुत हुने बताउँछन् ।


उनी विद्यार्थीहरु माझ निकै लोकप्रिय छन् । उनलाई चिन्ने विद्यार्थीहरुले एक कुशल युवा नेतामा हुनुपर्ने गुण भएको नेताका रुपमा व्याख्या गर्दछन् । उनीलाई पछिल्लो समय नेकपा ओली पक्षमा लागेका थिए । उनलाई विद्यार्थीको केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी दिईएको थियो। त्यसभन्दा अगाडि पनि उनले कम्युनिष्टका विचारका खातिर आफ्ना महत्वपूर्ण तर्कहरु सञ्चारमाध्यममा राख्दै आएका थिए ।

उनी एक प्रखर गणतन्त्रवादी हुन् । उनले राजावादी आन्दोलनलाई निकै प्रहार गरेका थिए । संविधान र गणतन्त्रको पक्षमा उभिन जनताहरुलाई अनुरोध गरेका थिए । तर अचानक संसद विघटन गरे पश्चात उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमक प्रति खुशी थिएनन् । अन्यथा उनी ओली पक्षमा राम्रोसँग लागेका थिए । दशैँमा ओलीको हातको टिका समेत लगाएका थिए । उनी ओलीको समर्थनमा खरो गरी उत्रिएका थिए ।

तर पछिल्लो समय उनी नेकपा दाहाल–नेपाल पक्षमा सार्वजनिक रुपमै प्रवेश गरेका छन् । उनलाई पार्टीका शीर्ष नेताहरुले स्वागत गरेका छन्, र महत्वपूर्ण भुमिकाका साथ प्रस्तुत हुने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक संसद विघटन लाई उनले संविधान माथि गरिएको एकप्रकारको कु का रुपमा बुझेका छन् ।

सुख दुख भोगेर सानान्य परिवारबाट आएको युवालाई राजनीति गर्नु गाह्रो छ । काठमाडौं, जहाँ पूजीवादको जगमा सबै कुरा अडेको छ । तर मंगल थापाले हिम्मत हारेका छैनन् । नेकपा दाहाल–नेपाल पक्षमा प्रवेश गरे लगत्तै उनी संसद पुनस्र्थापित गर्ने आन्दोलनमा उपस्थित भएका छन् ।

जन्मिदैँ गर्दा नेता बनेर कोही आउँदैन । गर्दै जाने हो, सिक्दै जाने हो । त्यहीँ प्रकियामा छन् मंगल थापा । उनलाई कतिपयले झोले भनेर मान मर्दन पनि गर्ने गर्छन् । तर उनलाई यस्ता टिप्पणीसँग कुनै सरोकार छैन । वास्ता छैन । किनकी उनी आफ्नो विचार प्रति अडिग छन् । र आफ्नो विचारको रक्षाका लागि झोले हुन तयार छन् । अग्रगमनको पक्षमा उभिएका हामी सबैका युवा नेता मंगल थापालाई राजनीतिक भविष्यको शुभकामाना किन नदिने ?

प्रतिक्रिया दिनुहोस्