एसपी विष्टको पुनर्वहालीपछि केहीको निद हराम !


ओकेजनता डेस्क
८ माघ २०७७, बिहीबार

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्त हत्याको हत्यारा अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।

निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ । शुरुमा प्रहरी अनुसन्धानबाट हत्या अभियोग लागेका कञ्चनपुरका दिलिप विष्टको रिहाइपछि घटनाले यूटर्न लिएको हो ।

प्रहरीसँग हत्या अभियोग स्वीकारिसकेका दिलिप विष्टलाई केही व्यक्तिले संरक्षण दिएपछि घटना अहिले सामसुम छ ।

को हुन त निर्मलाका हत्यारा ? कसैले पनि अन्दाज गर्न सकेका छैनन् । भर्खरै पुनर्वहाली भएका एसपी विष्ट घटनाको अनुसन्धानसँग नजिक भएकै कारण अब हत्यारा पत्ता लाग्छ की भन्ने आशामा स्थानीयबासी छन् ।

एसपी विष्टले राजनीतिक दबाब र बिना कारणको टर्चर नभए हत्यारा पत्ता लगाउन सहज हुने बताउँदै आएका छन् । विष्टले सामाजिक सञ्जालमा लेख्ने स्ट्याटसले पनि उनीमाथि निकै अपमान भएको संकेत गर्छ ।

बिना कारण लामो समय सस्पेन्समा पर्नु र पारिवारिक रुपमा भएको मानसिक तनावले उनलाई अहिलेसम्म छोडेको छैन । एसपीको पुनर्वहालीपछि केही व्यक्तिको निद हराम भएको पनि स्थानीय बताउँछन् ।

एसपी विष्टको आजको स्ट्याटस
मान्छेको अनुमान गलत हुन सक्छ तर अनुभव गलत हुदैनस किनकी अनुमान मान्छेको मनको परिकल्पना हो, तर अनुभव जिवनको यथार्थ भोगाइ हो।।

प्रतिक्रिया दिनुहोस्