नेपालमा आइपुग्यो कोरोनाविरुद्धको खोप


ओकेजनता डेस्क
८ माघ २०७७, बिहीबार

काठमाडौं । भारतले नेपाललाई अनुदान दिएको कोरोनाविरुद्धको खोप आइपुगेको छ ।

१० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुगेको हो ।

खोप बोकेको इन्डियन एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ ।

खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ ।

पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्