यात्रुवाहक बस र मोटरसाइकल दुर्घटना हुँदा ४ को मृत्यु


ओकेजनता डेस्क
८ माघ २०७७, बिहीबार

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुवहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन् ।

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।

राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

यता, सप्तरीको खडक नगरपालिका वडा नम्बर ११ बनौलीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत पूर्वतर्फ आउँदै गरेको तीन जना सवार प्रदेश २–०१–००१–६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार सोही ठाउँका २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्