कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै


ओकेजनता डेस्क
८ माघ २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले देशैभर वडास्तरमा विरोध प्रदर्शन गर्दैछ ।

देशभरका ६ हजार ७ सय ४३ वडामा बिहीबार विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।

नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

प्रतिक्रिया दिनुहोस्