सिरहा । कोरोना भाईरस संक्रमण समुदायस्तरमा फैलिन थालेपछि सिरहाको गोलबजार नगरपालिकाले एक घर एक पीसीआर परीक्षणको नीति लिएको छ ।

समुदायस्तरमा कोरोना भाईरस सक्रमण फैलन नदिन एक घर एक पीसीआर परीक्षण नीति लिएको गोलबजार नगरपालिको भनाइ छ ।
प्रमुख शाहका अनुसार नगरपालिकाको बजेटबाट एक घर एक पि सि आर को अवधारण अबलम्वन गरी तत्काल ५० बेडको आइसोलेसन समेत सञ्चालन गर्ने तयारी छ ।
नगरपालिकाले आफ्नै बजेटबाट समुदायस्तरमा निशुल्क पीसिआर परिक्षण गरिदिने भएपछि स्थानियहरु खुसी भएका छन् ।